अंशको लागि भाईले गरे दाजुको परिवारकै हत्या

प्रकासित मिति: १७ श्रावण २०७५, बिहीबार ०२:०४

राजविराज। अंश जोगाउनका लागि राजविराज नगरपालिका–१५ मुसहर्नियामा भाइकै योजनामा दाजुको परिवारका तीन सदस्यको हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले खुलाएको छ ।

स्थानीय ३५ वर्षीय सुरज साह, ३० वर्षीया पत्नी बेचनीदेवी र चार वर्षीया छोरी प्रतिभाको हत्या मृतकका भाइ पञ्चदेव साहको योजनामा भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले दाबी गरेको छ । हत्या आशंकामा हिरासतमा राखी प्रहरीले मृतकका आफन्तको बयान लिएको थियो ।

घरायसी विवाद बढेपछि अंश जोगाउनका लागि परिवारकै हत्या गरिएको प्रहरीलाई पञ्चदेवले बयान दिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Bhansar Bivag
Argakhachi Cement