कोलम्बो (श्रीलङ्का), ३१ साउन । श्रीलङ्काको एक अदालतले सोमबार श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिइएको छ ।
अदालतले अनुसन्धानका लागि पूर्व राष्ट्रपति राजपाक्षका जेठा छोरा नमाल राजपाक्षलाई एकहप्ता हिरासतमा राखी छानबिन गर्न अनुमति दिएको छ ।
नमाललाई श्रीलङ्काको विपक्षी समूहका महिन्दा राजपाक्षप्रति वफादार सांसदका रुपमा हेरिन्छ ।
अदालतले नमालमाथि अकुत रुपमा तीन लाख १० हजार अमेरिकी डलर आर्जन गर्न जिम्मेवार रहेको पछिल्लो आरोप छ ।
नमालमाथि अवैध रुपमा सम्पत्ति आर्जन गरेको भनी लागेको यो आरोप दोस्रो हो ।
उहाँमाथि भारतीय एक कम्पनीबाट पाँच लाख अमेरिकी डलर अवैध रुपमा लिएको लगायतका मुद्दा सुनुवाई चलिरहेको छ