रिचार्जरको झन्डा हजार ९ सय ६२ मिटर अग्लो अकोनकागुवा शिखरमा फहरायो
काठमाण्डौ । सबैभन्दा बढि सेवा समेटिएको मोबाइल एप रिचार्जरको नया भर्सन अपडेट सँगै रिचार्जरको लोगो अंकित झण्डा दक्षिण अमेरिकाको अकोनकागुवा शिखरमा फहराइएको छ ।
२३ वर्षीय साहासी आरोही तथा रिचार्जरका ब्राण्ड एम्बेसडर नर्बिन मगरले रिचार्जरको लोगो अंकित झण्डा डिसेम्बर १८ का दिन दक्षिण अमेरिकाको ६ हजार ९ सय ६२ मिटर अग्लो अकोनकागुवा शिखरमा फहराएका हुन् । नेपालबाट हिडेको १२ दिनमै सफल आरोहण गरि फकिएका नबिन मगरलाई ग्लोबल की टेक्नोलोजी रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिहले बिहिबार त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा स्वागत गरेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथासँगै ४ मुलुकका हिमशिखरमा मगरले रिचार्जरको लागो अंकित झण्डा फहराई सकेका छन् । ‘एप एक सुविधा अनेक’ भन्ने नारालाई केन्द्रमा राखेको मल्टीफंसन अनलाइन सपिंग हब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन् । नेपाल बाहिर बसेका सेवाग्राहीले पनि यो एप प्रयोग गर्न सक्छन् । नेपालको व्यापार सेवालाई प्रविधि मैत्री बनाउने लक्ष्यका साथ सेवा सुरु गरेको रिचार्जरबाट विभिन्न किसिमका बिलहरु सहज रुपमा भुक्तान गर्न सकिन्छ । बिल तिर्दा तथा सामान खरिद गर्दा २० बढी वाणिज्य बैंकहरुको मोबाइल, इबैंकिंगका साथै इसेवा तथा भिसा र मास्टर कार्डबाट भुक्तान गर्न सकिन्छ ।