‘अक्षरमा मान्छे’ प्रकाशित

प्रकासित मिति: २५ असार २०७४, आईतवार ०४:४७

काठमाण्डौं । रेडियोकर्मी तथा सकारात्मक सोचका अभियान्ता रामप्रसाद खरेलको कविता सङ्ग्रह ‘अक्षरमा मान्छे’ प्रकाशित भएको छ । डिकुरा पब्लिकेसन प्रा.लि. काठमाण्डौंले प्रकाशन गरेको यो सङ्ग्रह असार ४ गतेदेखि वजारमा आएको हो ।
रामप्रसाद खरेलको यो चौथो पुस्तक हो । यसअघि उहाँका माहान वाणी, निबन्ध सङ्ग्रह रे साथै रेडियो पत्रकारिता गरी तीन पुस्तकहरु प्रकाशित भइसकेका छन् । कविता सङ्ग्रह ‘अक्षरमा मान्छे’ ३४ वटा कविता सङ्ग्रहित रहेका छन् । सङ्ग्रहमा रहेका कविताहरुलाई चार खण्डमा विभाजन गरिएका छन् । जीवन र प्रेम खण्डमा ११ वटा, जीवन र विद्रोह खण्डमा ९ वटा, जीवन र उर्जा खण्डमा ६ वटा र जीवन र भोगाइ खण्डमा ८ वटा कविता रहेका छन् ।
जीवन दर्शन, अध्यात्म र उत्साहले भरिपूर्ण हुनु उहाँको लेखनका विशेषता हुन । जुनकुरा यो ‘अक्षरमा मान्छे’ कृति भित्र पनि भेटन सकिन्छ । पुस्तकको २ सय १५ रुपैया मूल्य रहेको छ । पुस्तकभित्र भूमिका लेखाउँने परम्परालाई वहाँले छोडिदिनुभएको छ । कवितामा आफ्नै मत, आफ्नै अभिमत शिर्षकमा उहाँले कविताको विषयमा लेख्नुभएको छ ।

Bhansar Bivag
Argakhachi Cement