प्रकासित मिति: २४ जेष्ठ २०७४, बुधबार १६:३३
अटिजम बालबालिकाहरुको सेवामा सात बर्षदेखी अनवरत रुपमा कृयाशिल सामाजिक संस्था बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एस एस डि आर सी) लाई आरल्याण्डबासी नेपालीहरुबाट सहयोग प्राप्त भएको छ। उक्त्त सहयोग द एभरेष्ट नेपाल ( आरल्याण्डबाट देव राज कोइराला र अशोक भण्डारीको सन्योजनमा नेपालीहरु बिच जम्मा गरेको एक लाख सैतिस हजार रुपैया र नवराज कोइरालाको संयोजनमा एन आर एन आयरल्याण्ड र काठमाण्डौ किचेनले च्यारीटी डिनर गरेर छायालिस हजार रुपैया सहयोग गरेको हो ।
उक्त्त सहयोग रकम गायिका जुना पर्साइ ,पुष्प राज कोइराला,गोविन्द नाथ खनाल लगायतले संयुक्त रुपमा संस्थाको अध्यक्ष तथा सामाजिक अभियन्ता सबिता उप्रेतीलाई हस्तान्तरण गर्नु भएको छ । उप्रेतीले बिदेशको ठाउमा दिनरात नभनी पशिना बगाएर कमाएको कमाइबाट गास काटेर अटिजम बालबालिकाहरुको लागि सहयोग गरेकोमा द एभरेष्ट नेपाल ( आरल्याण्ड, एन आर एन आरल्याण्ड र काठमाण्डौ किचेन तथा आरल्याण्ड बासी नेपालीहरु प्रती आभारको साथ धन्यवाद ब्यक्त गर्नुभयो । संस्थाले हाल ४५ जना अटिजम बालबालिकाहरुलाई शैक्षिक, सामाजिक, स्वास्थ्य लगायतका सेवा प्रदान गरिरहेको छ। ।