अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने

प्रकासित मिति: २१ चैत्र २०७५, बिहीबार १५:३७

सरकारले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न रोक लगाएको छ । चैत १४ गतेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको हो ।सरकारका अनुसार टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटनका क्षेत्रमा हड्ताल गर्न पाइने छैन । होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन फोहोर मैला व्यवस्थापन विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अबदेखि हड्ताल गर्न पाइने छैन ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले यसबारे छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने जानकारी दिए । सरकारले प्रत्येक ६/६ महीनामा अत्यावश्यक क्षेत्र तोकेर हडताल गर्न पाइने घोषणा गर्नसक्ने व्यवस्था छ । ती क्षेत्रमा कुनै समस्या देखिएको अवस्थामा सरकारले आवश्यक सहजीकरण गर्ने समेतमन्त्री बाँस्कोटाको भनाइ छ ।

Bhansar Bivag
Argakhachi Cement