काठमाडौं। सरकारले पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दिवंगद अधिकारीको राजनीय सम्मानकासाथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो। नेता अधिकारीको ८३ वर्षको उमेर गएराति निधन भएको थियो। विक्रम संवत १९९३ साल बैशाख २२ गते बुबा रामप्रसाद अधिकारी र आमा पूर्णकुमारी अधिकारीको कोखबाट जन्मिएका नेता अधिकारीले २०५१ सालको पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्रीको रुपमा ल्याएको लोकप्रिय र जनप्रिय बजेट ल्याएका थिए।