अध्यक्ष गिरीलाई पितृशोक

प्रकासित मिति: २० कार्तिक २०७४, सोमबार १६:४०

काठमाडौँ  । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआइ)का अध्यक्ष श्याम प्रसाद गिरीलाई पितृशोक परेको छ । अध्यक्ष गिरीका पिता मोहन लाल गिरीको कात्तिक २० गते बिहान १ः३० बजे सिनामंगलको काठमाण्डौं मेडिकल कलेजमा निधन भएको छ । उनको १०३ वर्षको उमेरमा निधन भएको हो । मृतक मोहन गिरीका ४ छोरा र ४ छोरी रहेका छन् । जसमध्ये अध्यक्ष गिरी साइला छोरा हुन् । मृतक मोहन गिरी भक्तपुर दुवाकोटमा माइला छोरासँग बस्दै आएका थिए । मृतकको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार १ बजे गरिने छ ।

Bhansar Bivag
Argakhachi Cement