अध्यक्ष ढकालद्धारा बुद्ध जयन्तीको शुभकामना

प्रकासित मिति: १७ बैशाख २०७५, सोमबार ०१:३८

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

२५६२ औं बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश दिदै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका छन् ।
बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै बुद्धका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका उनले भनेका छन् ।

अध्यक्ष ढकालले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।

यसैबीच अध्यक्ष ढकालले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना दिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement