काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।
शिवरात्रिका अवसरमा शुभकामना सन्देश दिँदै ढकालले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष ढकालले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिन सकोस भन्ने कामना समेत गरेका छन् ।