अध्यक्ष ढकालद्धारा संघिय सांसदहरुलाई बधाई

प्रकासित मिति: २० फाल्गुन २०७४, आईतवार १३:३०

राष्ट्र र जनतालाई उच्चतम प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न सुझाब

२० फागुन, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संघिय संसदका सदस्यहरुको सपद ग्रहण संगै मुलुक संबिधान कार्यन्वयनको महत्वपुर्ण चरणमा प्रवेश गरेको बताउनु भएको छ । अध्यक्ष ढकालले आईतबार प्रेस बिज्ञिप्त प्रकाशीत गदै सपथ ग्रहणमा सहभागी सबै पार्टीका सांसदहरुलाई बधाई दिदै राष्ट्र र जनतालाई उच्चतम प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न सुझाब दिएका छन् ।
अध्यक्ष ढकालले नेपाली जनताको ठुलो त्याग र बलिदानीले स्थापित संबिधानसभा द्वारा जारि संविधानले परिकल्पना गरेको समतामुलक, सुख र संमृद्धि युक्त नेपाल निर्माणमा दिन गनेर लागि पर्न पनि सांसद हरुलाई आग्रह गरे । आग्रह र पुर्बाग्रह वाट माथि उठी मुलुकको कायापलट गर्ने गर्ने एतिहाँसिक जिम्मेवारी पुरा गर्न सबै सांसदहरु सफल रहने बिश्वाश पनि ढकालले शुभकामना सन्देश मार्फत ब्यक्त गरेका छन् । परिवार दल सदा सर्वदा राष्ट्र र जनताको हितमा क्रियाशील रहने प्रतिबद्धता जाहेर गर्दै अध्यक्ष ढकालले आगामी दिनमा आफ्नो पार्टी जनताकै घरदैलोमा रहने जारि बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement