काठमाडौँ, नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सोनम ल्होछार २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
सोनम ल्होछार को अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ढकालले विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको तामाङ जाति तथा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको बताए ।
अध्यक्ष ढकालले सोनम ल्होछार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमंग बढाओस् र देशमा शान्ति, समृद्धि र सहिष्णुता कायम गरी आर्थिक र सामाजिक रुपले समृद्ध नेपाल निर्माण गर्ने दिशा तर्फ उन्मुख होस भन्ने कामना गरेका छन् ।
तामाङ समुदायमा यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरञ्जन र खुशी साटासाट गरी मनाउने प्रचलन छ ।