काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले थानकोट–चन्द्रागिरी केबुलकारको शनिबार निरीक्षण गरेका छन् । चन्द्रागिरी हिल्स प्रालिले सञ्चालनमा ल्याएको केबुलकारको निरीक्षण पश्चात अध्यक्ष ढकालले ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्व बोकेको केबलकारले आन्तरिक र बाह्य पर्यटन भित्राई देशको अर्थतन्त्रमा सहयोग पु¥याउन सक्ने बताए । ढकालले नेपालका प्रत्येक डाँडाकाँडामा बिकासको सम्भावना रहेको बताउदै लगानीकर्ताहरुलाई निसन्देह लगानी आग्रह गदै नेपालको धेरै ठाउमा केबुलकारको सम्भावना रहेको बताए ।
उनले यस्ता प्राकृतिक मनमोहक दृश्यहरुको अबलोकनले मानसिक स्वास्थ्यमा फाइदा हुनुको साथै आफ्नो देशप्रतिको प्रेम पनि बने बताए ।