जनकपुर । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ बिरेन्द्र बजारमा रहेको श्री राष्ट्रिय मा.बि. को १० कोठे पक्कि भवनको सोमबार शिलान्यास गर्नु भएको छ । ढकालकै पहलमा विश्व शान्ति महिला संघ कोरियाको सहयोगमा उक्त भबन निर्माण हुन लागेको हो ।
ढकालले नेपालको शैक्षिक स्तर उकास्न बिद्यालयहरुको भौतिक पूर्वाधारको विकास गर्नु पर्नेमा जोड दिदै शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने बताए ।
उनले सामाजिक कार्यमा नागरिकहरु सबैखाले भिन्नताका बाबजुत एकजुट भयर लागिपरे छोटो समयमा समाजमा सकारात्मक परिबर्तन ल्याउन सकिने बताए ।
विश्व शान्ति महिला संघ नेपालकी केन्द्रिय अध्यक्ष ब्लेसी गाडन ढकालले अत्याबस्यक स्थानमा बिद्धालय भवन निर्माण हुन गएकोमा खुशी ब्यक्त गर्दै निधारित समयमा गुणात्मक भबन निर्माण गर्न स्थानीय बासिन्दाको सहयोगको अपेक्षा गरिन् ।
विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलले निर्माण हुन लागेको भबन वाट सयौं बिद्याथीहरु लाभान्वित हुने भदै स्थानीय बासीको नाताले भबन निर्माणमा सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बिद्धालय ब्यबस्थापन समितिका अध्यक्ष हेम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक श्री हिरा लाल शाहले आफ्नो बिद्यालयामा पक्कि भबन निर्माण हुन लागेकोमा खुशीले सिमा नाघेको बताउदै दाताहरु प्रति आभार ब्यक्त गरे ।
एक करोड लागतमा १ बर्षमा सम्पन्न हुने प्रोजेक्ट म्यानेजर इश्वर सिम्खडाले जानकारी दिए । सोही अवसरमा अध्यक्ष ढकालले जानकी मन्दिरको पनि दर्शन गरे ।
कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्य अब्दुल केयुम शाह, मनोज लाल कर्ण, स्थानीय बुद्धिजिबी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, अभिभाबक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।