८ फागुन, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग मङलबार भेट गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ढकालले ओलीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका थिए । भेटमा प्रधानमन्त्री ओलीले सबैलाई सहमतिमा लिएर ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण तर्फ सरकार अघि बढ्ने बताउनु भएको बाम प्रगतिशिल गठबन्धनका नेता समेत रहेका अध्यक्ष ढकालले बताए ।
झण्डै १५ मिनेट भएको भेटमा बर्तमान राजनीतिक अवस्था, सरकार संञ्चालन लगायत समसामयिक राजनीतिक बिषयमा समेत छलफल भएको थियो ।