अध्यक्ष ढकालद्वारा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

प्रकासित मिति: २ असार २०७६, सोमबार ००:४३

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । सरकारी निवास बालुवाटारमा आईतबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाइ भेटि ढकालले नेपाल परिवार दलले संचालन गरेको राष्ट्र जागरण अभियानको बारेमा जानकारी गराएका छन् ।
अध्यक्ष ढकालले तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भएको ३ बुदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण समेत गराएकोे ढकालका निजि सचिब जितेन्द्र श्रेष्ठले बताए । परिवार दलले उक्त बिषयमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड“ लाइ पनि ध्यानाकर्षण गरिने जनाएको छ । गत निर्बाचनको बेलामा परिवार दलले तिन बुदे सहमति गरि वाम गठबन्धनलाई सघाएको थियो । सहमतिमा नेपाल परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो ।

Bhansar Bivag
Argakhachi Cement