दिल्ली । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र भारतका महामहिम उप राष्ट्रपति वेंकैया नायडू संग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । दिल्ली स्थित उप(राष्ट्रपति कार्यालयमा भएको भेटमा आपसी हित तथा विश्व शान्तिको लागि साझेदारीको बारेमा कुरा भएको थियो । भेटमा ढकालले केहि समय अघि नेपालमा सम्पन्न एशिया प्याशिफिक सम्मेलनको प्रतिबेदन उप(राष्ट्रपति वेंकैया नायडू लाइ हस्तान्तरण गरे । उप(राष्ट्रपति नायडूले खुशीका साथ् प्रतिबेदन ग्रहण गर्दै समिट सफलता पुर्बक सम्पन्न भएकोमा नेपाल तथा आयोजकहरुलाई बधाई दिएको भेटमा सहभागी परिवार दल भारतका प्रतिनिधि कृष्ण अधिकारीले जानकारी दिए । भेटमा भारतीय जनता पार्टीका नेताहरु सांसद भुवनेश्वर कालिता, पूर्व बिधायक विजय जौली, पूर्व राजदुत केभी राजन समेत सहभागी थिए । दुइ दिने भारत भ्रमणमा रहेका ढकालले पूर्व उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी लगायत विभिन्न भारतीय नेताहरु संग पनि भेटघाट गरेका थिए। ढकाल संगको भेटघाटमा भारतीय नेताहरुले चिनिया राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणको बारेमा समेत जिज्ञासा राखेका थिय । अध्यक्ष ढकालले चिनिया राष्ट्रपतिको नेपाल भ्रमणले सम्पूर्ण नेपालीमा हौसला बढेको बतायका थिए ।