अध्यक्ष ढकाल चुनाबी अभियानमा सक्रिय

प्रकासित मिति: २८ कार्तिक २०७४, मंगलवार १६:०८

काठमाडौैं । आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेसँग चुनाबी गठबन्धन गरेको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले चुनाबी अभियानमा सक्रिय भएका छन् ।

परिवार दलले आयोजना गने सातबटै प्रदेश तथा मुख्य शहरहरुमा अध्यक्ष ढकालले सम्बोधन गर्नेछन् भने बाम प्रगतिशिल गठबन्धनले आयोजना गरेको चूनाबी सभाहरुलाई पनि सम्बोधन गर्नेछन् ।
अध्यक्ष ढकालले बुधबार गोरखाको पालुङ्घटारमा आयोजित चूनाबी सभालाई बुधबार सम्बोधन गर्ने परिवार दलले जनाएको छ । सोहि सभालाई एमालेकका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सम्बोधन गर्ने छन् । कात्तिक २९गते गोरखा, मङ्घसिर १ गते सुनसरी, पोखरा , सुर्खेत, नेपालगन्ज , धनुषाको जनकपर, धनगढीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको परिवार दलले जनाएको छ ।
परिवार दलले महामन्त्री बिनोद डाँगीको नेतृत्वमा ४५१ सदस्सीय केन्द्रीय निर्बाचन परिचालन समिति समेत बनाएको छ ।
एमालेसँग चुनाबी तालमेल गरेको परिवार दलका अध्यक्ष एकनाथ ढकाल एमालेको समानुपातिक तर्फबाट प्रतिनिधी सभाका उम्मेदबार बनेका छन् । दलले परिवार दलको आवहान ः सूर्यमा मतदान भन्दै देशैभरी चुनाबी अभियानलाई तिब्रता दिएको छ ।

Bhansar Bivag
Argakhachi Cement