बैकक । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले साताब्यापी उपचारका क्रममा थाईल्याण्ड पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैककमा भटर्वाता गरेका छन् ।
आगामी माघ २४ मा हुने राष्ट्रिय सभाको निर्वाचनमा छुट्टै दल दर्ता गरेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अध्यक्ष ओलीलाई शुक्रबार बिहान भेटेका छन् ।
नियमित स्वास्थ्य परिक्षणमा बुधबार मात्रै बैंकक पुगेका ओलीसँग विहीबार ढकालले भेट गरेका हुन् । पूर्व मन्त्रीसमेत रहेका ढकालले छोरी एस्थरलाई समेत ओलीसँग भेट गराएका थिए ।
दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा वाम गठबनधनलाई सघाएको परिवारले २४ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।सो भेटमा ओेली र ढकालबीच पछिल्लो राजनीतिक अवस्था, वाम एकता र सरकार गठनका विषयमा कुराकानी भएको ढकालले सामाजिक संञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।