अध्यक्ष ढकाल र इरानी परराष्ट्रमन्त्री ज़रिफ बीच भेटर्वाता

प्रकासित मिति: २३ माघ २०७४, मंगलवार १३:३९

दुर्इ देशको आपसी हित तथा क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्धाहरुमा छलफल

२३ माघ, काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले इस्लामिक गणतन्त्र इरानका परराष्ट्र मन्त्रि मोहम्मद जवाद ज़रिफसंग सिष्टाचार भेट गर्नु भएको छ । तेहरान स्थित इरानको परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुर्इ देशको आपसी हितको साथै क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्धाहरुमा छलफल भएको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए। इरान नेपाल संगको सम्बन्ध थप विस्तार गर्न इच्छुक रहेको पाएको नेता ढकालले बताए। नेपालमा सफलतापुर्बक निर्बाचन सम्पन्न भएकोमा मन्त्रि ज़रिफले नेता ढकाल मार्फत नेपाली जनतालाई बधाई दिएका थिए । भेटमा नेपालको लागि इरानी कन्सुलर नरेश श्रेष्ठको पनि सहभागिता रहेको थियो ,

Bhansar Bivag
Argakhachi Cement