काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसंग जनवादी गणतन्त्र कोरियाका राजदुत जू योङ्ग मानले बिहिबार भेटबार्ता गर्नु भएको छ । अध्यक्ष ढकालको निजि सचिवालयमा भएको भेटमा आपसी हितको बारेमा छलफल भएको दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए । महामन्त्री डाँगीको अनुसार झन्डै ४५ मिनेट भएको भेटमा अध्यक्ष ढकालले कोरियाली राजदुत संग पछिल्लो समयमा सम्पन्न कोरिया अमेरिका शिखर बैठकको परिणाम बारे जिज्ञासा राखेका थिए भने राजदुत जू ले आफ्नो देश र सर्बोच्च नेता मार्शल किम जोङ्ग उन विश्व शान्तिको लागी योगदान गर्न तत्पर रहेको बताएका थिए । भेटमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र पूर्व सांसद मिलन कुमारी राजबंशी समेतको उपस्थिति रहेको थियो । पूर्वमन्त्री समेत रहेका ढकाल कोरियाली प्रायद्वीपमा शान्तिको खातिर पटक पटक दुवै कोरियाको भ्रमण गरि उच्च स्तरीय छलफलमा क्रियाशील रहदै आएका छन् ।