अध्यक्ष ढकाल र परराष्ट्रमन्त्रि डा. महत बीच भेट

प्रकासित मिति: २४ भाद्र २०७३, शुक्रबार १३:११

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले परराष्ट्र मन्त्रि डा. प्रकाश शरण महतसंग भेट गर्नु भएको छ । शुक्रबार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा अध्यक्ष ढकालले आर्थिक कुटनीतिलाई प्राथमिकतामा राख्न तथा विदेश स्थित नेपाली कुटनैतिक नियोगहरुलाई कामको प्राथमिकता तोकी थप क्रियाशील बनाउन परराष्ट्र मन्त्रि लाई सुझाब दिएका थिए । अध्यक्ष ढकालले मन्त्री महतलाई बधाई तथा शुभकामना दिदै मन्त्री महतको कार्यकालमा नेपालले कुटनीतिक क्षेत्रमा उल्लेख सफलता प्राप्त गर्ने बिश्वास ब्यक्त गरेको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए । भेटमा प्रधानमन्त्रीको भारत भ्रमण तथा सयुक्त राष्ट्र संघ को आसन्न ७१औ महासभाको बारेमा पनि दुई नेता बिच छलफल भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement