अध्यक्ष ढकाल र पूर्वप्रधानमन्त्री चन्द बीच भेटवार्ता

प्रकासित मिति: ९ कार्तिक २०७४, बिहीबार १३:३५

९ कात्तिक, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल र पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबीच बिहिबा। भेटर्वाता भएको छ । भक्तपुर लोकन्थली स्थित चन्द निवासमा भएको भेटमा समसामयिक राजनीतिको बारेमा छलफल भएको भटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए ।
स्वतन्त्र र निष्पक्ष रुपमा हुने निर्बाचनले मुलुकलाई स्थिरता र विकास तर्फ लैजाने भएकोले निधारित समयमा निर्बाचन सम्पन्न हुनु पर्नेमा दुवै नेताले जोड दिएको पनि पौडेलले बताए । भेटमा अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री चन्दलाइ राष्ट्रिय मेलमिलाप र सामाजिक सदभावको खांतिर मुलुकमा अभिभावकत्व प्रदान गर्न आग्रह गरे । भेटमा आपूर्ति मन्त्रि जयन्त चन्द तथा परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलको समेत सहभागी रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement