समाचार 

अध्यक्ष ढकाल र फोरम अध्यक्ष यादवबीच भेटर्वाता, गतिरोधको अन्त्यका लागि पहल गर्ने

२९ पुस, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेटबार्ता भएको छ । फोरमको केन्द्रिय कार्यालय तीनकुनेमा भएको छलफलमा समसामयिक राजनीतिको बारेमा दुई नेताबीच कुरा भएको अध्यक्ष ढकालको स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
राजनीतिक गतिरोधको अन्त्यको लागि नयाँ शिराबाट सहमति बनाउन पहल गर्न ढकालले अध्यक्ष यादवलाई आग्रह गर्नुभएको थियो । अध्यक्ष यादवले संशोधन प्रस्ताब यथास्थितिमा पारित गर्दा समस्या हल नहुने भन्दै परिमार्जन गर्नु पर्नेमा जोड दिएका थिए ।

Related posts

Leave a Comment