अध्यक्ष ढकाल र भुटानी प्रधानमन्त्री लोट्टे छिरिङ्गबीच भेटर्वाता

प्रकासित मिति: १३ असार २०७६, शुक्रबार ०५:४६

थिम्पु । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र भुटान अधिराज्यका महामहिम प्रधानमन्त्री लोट्टे छिरिङ्ग संग शिष्टाचार भेट गर्नु गरेका छन्। भुटानको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा पारस्परिक हित र मित्रताको बारेमा कुरा भएको परिवार दलका महामन्त्री बिनोद डाँगीले बताए । अध्यक्ष ढकालले गत निर्बाचनमा सफलता प्राप्त भयकोमा भुटानी प्रधानमन्त्री र उहाँको पार्टीलाई बधाई दिएको पनि डाँगीले जानकारी दिए । प्रधानमन्त्री लोट्टे छिरिङ्गले नेपालमा सन् २०१५ मा गयको महाबिनासकारी भुकम्प पश्चात आफुँले मेडिकल टोलीमा रही सहयोग गरेको स्मरण गर्दै दुइ मित्र राष्ट्र बिचको सम्बन्ध थप घनिष्ट बनाउदै लैजाने धारणा राखे । अध्यक्ष ढकालले केहि समय अघि नेपालमा सम्पन्न एशिया प्याशिफिक समिटको रिपोर्ट प्रधानमन्त्री लोट्टे छिरिङ्ग लाइ हस्तान्तरण गरेका थिए । भुटानी प्रधानमन्त्रीले सफल समिट सम्पन्न भएकोमा नेपाललाई बधाई दिएको महामन्त्री डाँगीले बताए। पूर्व मन्त्रि ढकालले भुटानी प्रधानमन्त्री लाइ उपहार स्वरुप नेपालि हस्त निर्मित करुवा प्रदान गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement