अध्यक्ष ढकाल र मलेसियाका प्रधानमन्त्री महाथिरबीच भेटवार्ता

प्रकासित मिति: ६ मंसिर २०७५, बिहीबार १४:५४

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मलेसियाका प्रधानमन्त्री डा.महाथिर मोहमदबीच बिहिबार क्वालालाम्पुरमा भेटर्वाता भएको छ । भेटमा नेपाली कामदारको सुरक्षा र दुई देशका बिबिध पक्षका हितको बारेमा छलफल भएको थियो । मलेसियामा नेपालीको राजगारी बन्द भएको बेलामा अध्यक्ष ढकालले मलेसिया प्रधानमन्त्रीलाई भेटनुलाई निक्कै महत्वका साथ लिईएको छ ।
भेटमा महाथिर नेपालको शान्ति प्रकियाबाट आफु प्रभाबित भन्दै अव नेपालले बिकासको दिशामा अगि बढने र त्यसको लागि मलेसीयमा सरकार सहकार्य गर्न तयार रहेको बताएका थिए । गएको जेष्ठ २ गतेदेखि नेपाली कामदार मलेसिया जान सरकारले रोक लगाएको छ यहि अक्टोबर २९ मा नेपाली कामदारलाई निःशुलक मलेसिया पठाउनेबारे मलेसीया र नेपाल सरकारबीच सम्झौता भएपनि त्यो अझै सम्म कार्यान्वयनमा आएको छैन । मलेसियमा पाँच लाख भन्दा बढी कामदार कार्यरत छन् ।

Bhansar Bivag
Argakhachi Cement