काठमाण्डौं । अमेरीका भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकाल र सयुक्त राष्ट संघका सहायक महासचिव मोरोसोलव जेनेचा बीच भेटर्वाता भएको छ । सयुक्त राष्ट्र संघको मुख्यालय न्युवर्कमा भएको भेटमा नेपालको जारी शान्ति प्रकृया र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको थियो ।
भेटमा सयुक्त राष्ट संघका सहायक महासचिव मोरोसोलव जेनेचाले नेपालको जारी शान्ति प्रकृया बिश्वको नै नमुना रहेको बताएका थिए ।