अन्तत कानूनमन्त्री तामाङले दिए राजीनामा

प्रकासित मिति: ८ श्रावण २०७५, मंगलवार १०:५४

काठमाडौं । सामाजिक संञ्जालमा चर्को बिबादमा परेका कानूनमन्त्री शेरबहादुर तामाङले अन्तत आफ्नो पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले राजीनामा दिएका हुन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए ।

विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए ।

तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन भनेको थियो ।

Bhansar Bivag
Argakhachi Cement