अन्तर्राष्ट्रिय परम्परागत कलाकारको सम्मानमा जोड

प्रकासित मिति: ११ कार्तिक २०७३, बिहीबार १२:२६

ललितपुर, नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १२ औंँ शृङ्खलामा ज्ञानकर वज्राचार्यले नेपाल कला र संस्कृतिमा धनी भएकाले त्यसको सदुपयोग गर्न सके विश्वमै नेपालको राम्रो प्रचार गर्न सकिने बताउनुभयो ।
‘कलाका कुरा’ कार्यक्रममा उहाँले नेपाली समाज विविध संस्कृतिले भरिपूर्ण रहेकाले त्यसलाई कलामार्फत प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कलामा पाँच दशकदेखि निरन्तर साधनारत कलाकार वज्राचार्यले भक्तपुरको विहारमा चित्रकारले बनाएका चित्र देखेर आफू लोभिएको जानकारी दिनुभयो ।
विसं २०११ मा भक्तपुरमा जन्मनुभएका वज्राचार्य २०२० सालदेखि नै कलामा लाग्नुभएको हो । विद्यालय कालमै उहाँले चित्र बनाउन सुरु गर्नुभएका उहाँले माटोका मूर्ति समेत आफूले बनाएको जानकारी दिनुभयो । उहाँले महेन्द्र, माक्र्स, नेहरु र लेनिनको चित्र बनाएको स्मरण गर्दै भन्नुभयो, ‘मैले कलामा नै आफ्नो भविष्य खोजेँ, मलाई चित्रबाहेक अरुमा ध्यान नै जाँदैनथ्यो, चित्र बनाएकै कारण स्कुलबाट समेत निकालिनु परेको थियो ।” पढाइभन्दा चित्रकर्ममा आफूलाई डो¥याएको र त्यसले आनन्द मिलेको समेत उहाँले बताउनुभयो ।
पौभा कलाकार पूर्ण ह्योजुले मल्लकालीन कला शैलीलाई चित्रमार्फत व्यक्त गर्दै आउनुभएका वज्राचार्य नेपाली परम्परागत कलाका क्षेत्रमा परिचित र कर्मठ कला व्यक्ति रहेको बताउँदै उहाँ नेपाली कलामा इमान्दार कलाकारका रुपमा ५० वर्षदेखि काम गर्दै आएको जानकारी दिनुभयो ।
पौभा कलाका अग्रज व्यक्तित्व लोक चित्रकारले वज्राचार्यले पौभा कलामा विशिष्ट योगदान दिएको बताए । कलाकार मुकेश श्रेष्ठले नेपाली कलामा उहाँले आफ्नै कलाकार पहिचान बनाउन सकेको बताउँदै उहाँका कलालाई राष्ट्रले चिन्न सक्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले कलाको विकासमा वज्राचार्यको इमान्दार प्रयासको सराहना गर्नुभयो । कलाकार सुन्दर सिंखवालले कलामा निरन्तर साधना चाहिने र त्यो वज्राचार्यमा रहेको बताउँदै भन्नुभयो, “उहाँ जस्तो अन्तर्राष्ट्रिय कलाकारको सबै पक्षबाट सम्मान हुन जरुरी छ ।” सो संवाद कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गर्नुभएको थियो ।

Bhansar Bivag
Argakhachi Cement