अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा चियापान

प्रकासित मिति: २४ मंसिर २०७४, आईतवार १३:४४

काठमाडौँ, २४ मंमिर अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज चियापान समारोह आयोजना गर्नुभएको छ ।

विश्वभरि डिसेम्बर १० का दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै आएको छ । यो वर्ष ६९ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

सिंहदरबार पटाङ्गिनीमा गरिएको चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुलीसहित उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, सचिव तथा कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।

सो समारोहमा उपस्थित विशिष्ट पाहुनालाई स्वागत गर्दै मुख्यसचिव लोकदर्शन रेग्मीले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्य निर्वाचनमा नेपाललाई सहयोग गर्ने मुलुकप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार घोषणापत्रलाई नेपालले सम्मान गर्दै आएको स्पष्ट पार्नुभयो ।

नेपालमा पनि यही मंसिर २३ देखि २५ गतेसम्म नवौँ मानव अधिकार राष्ट्रिय महाभेला आयोजना गरिने भएको छ । ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रताः सधैँका लागि’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘समृद्धि र विकासको आधारः युवा र महिलालाई समान अवसर’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ ।

Bhansar Bivag
Argakhachi Cement