हाजिरीजबाफ प्रतियोगिता मस्तिष्कको खेलकुद हो : पूर्वमन्त्री ढकाल
काठमाडौं । युवाहरुको व्यक्तित्व विकास र उनीहरुको क्षमतालाई अन्तराष्टिय मञ्चहरुमा स्थापित गराउने उद्देश्यसहित इन्टरनेशनल युथ सोसाइटी (आइवाइएस)ले शुरु गरेको इन्टर कलेज क्वीज प्रतियोगिताको फाइनलको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सोमबार रसियन कल्चर सेन्टरमा सुभारम्भ गरेका छन् ।
युथ फेडेरेशन फर वल्ड पिस नेपाल र इन्टरनेश्नल युथ सोसाईटी द्वारा अन्तीम प्रतिप्रतियोगितामा बोल्दै पूर्वमन्त्री ढकालले हाजिरीजबाफ मस्तिष्कको खेलकुद हो भन्दै सबै प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए । उनले युवा पुस्तालाई देशले खोजे जस्तो र रोजे जस्तो बन्न प्रोत्शाहित गदै युबाहरुलाई सफलताको सपना बोक्दै गर्दा मूल्य र मान्यता नत्याग्न आग्रह गरे । उनले सार्बजनिक सोंच र चिन्तनको विकास गर्न सहभागीहरुलाई आग्रह गरे ।
देशका विभिन्न भागबाट विभिन्न चरणमा छनौट गरिएका १६ देखि २६ वर्षसम्मका युवा विद्यार्थीले यो प्रतियोगितामा भाग लिएका थिए । ५ टिमबीच भएको अन्तीम प्रतिस्प्रधामा प्रतियोगितामा पाटन निष्ट कलेज प्रथम, गोल्डेन गेट कलेज काठमाडौँ द्धितीय र एम्बिसन एकाडेमी काठमाडौँ तृतीय भएका थिए । प्रतियोगितामा प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र अन्य सबै टिमलाई पाँच पाँच हजार नगद रकम र प्रमाणपत्र प्रदान गरिएको थियो ।
युथ फेडेरेशन फर वल्र्ड पिस नेपालका अध्यक्ष प्रकाश बाबु थापा लगायतले मन्तब्य राख्नु भएको थियो । प्रतियोगिताको युथ फेडेरेशन फर वल्र्ड पिसले टाइटल स्पोन्सर गरेको थियो ।