सुनसरी । यु.एन. कलेजका क्याम्पस धरानका प्रमुख डम्बरकुमार तुम्बाहाम्फेले समाजमा बर्दै गएको बिकृती र बिसङगतीलाई रोकी समाजलाई सहि दिसातिर डो¥याउन को लागि अबको युवा पिढी अनुसासित, नैतिकवान र चरीत्रवान वन्नु पर्ने बताउनु भएको छ । बिस्व शान्ती तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल सुनसरी शाखाले धरानमा आयोजना गरेको २ दिने एकीकृत सिद्धान्त नेतृत्व तालिमको समापन कार्यक्रममा यस्तो बताएका हुन् ।
विस्वसान्ती तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल सुनसरि साखाको आयोजना धरानमा शान्ति स्थापना गर्न युवा र बिद्यार्थीको भूमिका के हुने भन्ने नारा सहित तालिम संञ्चालन गरिएको हो ।
तालिममा सहभागिहरुलाई राजेन्द्र मुर्ति पन्त,राम बहादुर लिम्बु,लोक बहादुर गिरि,सामाजिक अभियानता पुस्कर थापा र कृती तेलिभिजनका प्रोग्राम कोअर्डिनेटर मोहन श्रेष्ठले एकीकृत जिवन सैली,बैज्ञानिक र समयसामयिक मुल्य मान्यता ,जिवन उपयोगी ,व्याबहारिक र सन्तुलित शिक्षाको बिकासको बारेमा प्रशिक्षण दिएका थिए ।
बिज्ञान र प्रविधिको विकास संगै मानिसमा आन्तरिक सद्गुण र सच्चरित्रताको बढोक्तरी हुन नसक्दा मानवीय मुल्य मान्यतामा ह्रास आएकोले परिवर्तित समाजको नेतृत्व गर्न सक्ने युवा विकास र युवा ससक्तिकरणको विषय दिनानुदिन चुनौती बन्दै गइरहेका छन ।जुन गतिमा विज्ञान र प्रविधिको विकास भैरहेको छ,त्यसको वेग लाइ थेग्नका लागि सोहि मात्रामा नैतिक मुल्यमान्यता र आदर्श शिक्षाको विकास हुन नसकेकाले मानिसहरूमा,विशेषत युवा पुस्तामा नैतिक मुल्यमान्यता र जिवनको गुणात्मक पक्ष गौण बन्न पुगेको छ जस्को कारण आजको युवा पुस्तामा दिनानुदिन स्वार्थी ब्याक्तीबादि चिन्तन, यौनजन्य अपराध र विभिन्न दुर्व्यसनी जस्ता असरहरु देखिएका छन् ।
संस्थाले बिगत लामो समय देखी देस व्यापी रूपमा यस्ता खाल्का युवा नेतृत्व तालिमहरु संचालन गर्दै आइरहेको कार्यक्रम संयोजक रामबहादुर लिम्बुले बताए । तालिममा सहाभागिहरुले आफुले यो दुई दिनको तालिममा अत्यन्तै जिवन उपयोगी शिक्षा पाएका र तालिममा सहभागी हुने अबसर मिलाइएकोमा धन्यवाद दिएका थिए । तालिममा सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।