अब भैरहवामा सुबिसुको नयाँ शाखा

प्रकासित मिति: ७ फाल्गुन २०७५, मंगलवार १६:४४

ग्राहकहरुलाई ईन्टरनेट तथा टिभि सेवामा बिषेश छुट
नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ । नयाँशाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराजकार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गर्नुभएको छ ।
यस शाखाबाट सुबिसुले भैरहवा तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसु सगँ सम्बन्धित सम्पूर्ण जानकारीहरु प्रदानगर्ने, कम्पनीका बिभिन्न सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको After Sales Support आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।
साथै भैरहवा आसपासका उपभोत्ताहरुलाई समय र ग्राहकको चाहना अनुसार नयाँ प्रबिधी सहितको गुणस्तरीय तथा तिब्र गतिको एफटिटिएच ईन्टरनेट तथा क्लियर टि.भि सेवा सहुलियत दरमा प्रदान गर्नेछ ।
क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एच डि) च्यानलहरु हेर्न सकिने छ । भने एफटिटिएच सेवामा न्युनतम १५ एमबिपिएस गति देखि १ सय एमबिपिएस गति सम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको छ ।
यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभि सेवामा बिषेश छुट प्रदान गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement