अभिनयमा जम्दै सुमन

प्रकासित मिति: १४ बैशाख २०७५, शुक्रबार ११:२५

काठमाडौं । कला संघर्षको अर्काे नाम हो । संघर्ष गर्दैमा सफलता हात पर्छ भन्ने छैन । यो हल्ला क्षेत्रमा मात्रै होइन, जहाँ पनि लागू हुन्छ । कलाकारिता क्षेत्रमा पनि उत्तिकै लागू भएको पाइन्छ यस्तै कलाकार हुन् सुमन श्रेष्ठ । उनले नेपाली कलाकारितामा निकै भोटो फटाइसकेका छन् । उनी अझैं गुमनाम नै छन् । नामका लागि संघर्षको मैदानमा दौडिरहेका छन् ।
उनले फिल्मी दुनियामा पाइला टेकेको पनि झण्डै एक दशक हुन लागिसकेको छ । उनले भरियाको जिन्दगी, मलामी जस्ता सर्ट मुभिमा अभिनय गरेका छन् । उनी नेपाली फिल्मी जगतका आशा लाग्दा कलाकार हुन् । त्यहि भएर पनि अहिले उनी चलचित्र बाहेक विभिन्न गीतका म्युजिक भिडियोहरुमा त्यति नै शसक्त अभिनय गररहेका छन् । उनी अभिनित हास्य टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’ युट्युवमा सार्वजनिक भएको छ । उनी सो टेलिफिल्ममा पण्डितको भूमिकामा अभिनय गरेका छन् । उनको अभिनयमा जीवन्त भेटाउन सकिन्छ । यसले चर्चा बटुल्न थालेपछि उनी निक्कै हर्षित भएका छन् ।
काठमाण्डौकै स्थानीयबासी सुमन नृत्यका निकै पारखी हुन् । सानैदेखि नाच्न र अभिनय गर्न रुचाउने सुमनलाई दुःखी, एवम् पारिवारीक भूमिकामा अभिनय गर्न सहज लाग्छ । सुमनले देशका बिभिन्न स्थानमा स्टेज शो समेत गरिसकेका छन् ।
किर्तिपुरमा रेहेका पाँगा सेकेन्डरी बिद्यालयमा सुनन नृत्य प्रशिक्षकको रुपमा समेत कार्यरत छन् ।

Bhansar Bivag
Argakhachi Cement