अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन

प्रकासित मिति: १३ फाल्गुन २०७४, आईतवार ०४:०३

विवाह समारोहमा सहभागी हुन दुबई गएकी बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षीया अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीसँगै उनका पति बोनी कपुर र छोरी खुसी पनि विवाहमा सहभागी हुन दुबई गएका थिए। चार दशकदेखि बलिउड क्षेत्रमा राज गरेकी श्रीदेवीले पछिल्लो समय माम चलचित्रमा मुख्य भूमिका निभाएकी थिइन्।

श्रीदेवीले अभिनय गरेका चलचित्र खुदा गवाह, मिस्टर इण्डिया, चांदनीजस्ता चलचित्र सुपरहिट बनेका थिए।

Bhansar Bivag
Argakhachi Cement