अमेरिका शीर्ष स्थानमा कायमै

प्रकासित मिति: ५ भाद्र २०७३, आईतवार १२:०२

एजेन्सी, रियो दि जेनेरियो । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक सोमबार सकिँदै छ । ओलम्पिकको अन्तिम दिनअघि अधिकांश खेल सकिसकेको छ भने अब केही खेलका फाइनल खेलहरू बाँकी रहेको छ ।
अब रियो ओलम्पिकमा कुस्ती, बक्सिङ, बास्केटबल, क्रस कन्ट्री साइक्लिङ लगाएतको खेलहरू बाँकी छ ।  र, अन्तिम दिनको खेलअघि ओलम्पिक पदक तालिकामा अमेरिकाले आफ्नो अग्रता कायमै राखेको छ । २१ औँ दिनसम्म अमेरिकाले ४३ स्वर्ण पदक जित्दै पदक तालिकामा एकल अग्रता कायमै राखेको हो ।
रियोको हालसम्म २ सय ९५ स्वर्णको छिनोफानो भइसकेको छ । जसमा शीर्ष स्थानको अमेरिकाले ४३ स्वर्ण, ३७ रजत र ३६ कास्य गरी कूल ११६ पदक जितेको छ । हालसम्म ६० देश र एक स्वतन्त्र खेलाडीले विभिन्न खेलमा स्वर्ण पदक जितिसकेका छन् । तर, स्वर्णवाहेक ८५ देशले ओलम्पिकमा पदक जितिसकेका छन् ।
रियो ओलम्पिकको पदक तालिकाको दोस्रो स्थानमा ग्रेट ब्रिटेन छ । ग्रेट ब्रिटेनले हालसम्म २७ स्वर्ण, २२ रजत र १७ कास्य गरि कुल ६६ पदक जित्दै अमेरिकालाई पछ्याइरहेको छ । २६ स्वर्ण, १८ रजत र २६ कास्य पदकसहित कुल ७० पदकसहित चीन तेस्रो स्थानमा छ । चौथो स्थानको रुसले १७ स्वर्ण १७  रजत र १९ कास्यगरि ५३ पदक जितेको छ । पाँचौं स्थानमा रहेको जर्मनीले १७ स्वर्ण,१० रजत र १४  कास्यसहित कुल ४१ पदक जितेको छ ।
छैटौं स्थानमा रहेको जापानले १२ स्वर्ण ८ रजत र २१  कास्यगरि ४१ पदक जितेको छ । ९ स्वर्ण, १७ रजत र १४ कास्यगरि ४० पदक जितेको फ्रान्स सातौं स्थानमा छ  । आठांै स्थानको दक्षिण कोरियाले ९ स्वर्ण,  ३ रजत र ९  कास्यसहित २१ पदक जितेको छ । यस्तै नवौं स्थानको अष्ट्रेलियाले ८ स्वर्ण, ११ रजत र १०  कास्यसहित २९  पदक जितेको छ भने दशौं स्थानको इटालीले ८ स्वर्ण, ११ रजत र ७ कास्यगरि २६ पदक जितेको छ ।
नेदरल्यान्ड्स ८ स्वर्ण, ६ रजत, ४ कास्य सहित १८ पदकका साथ ११ औं स्थानमा छ । १२ औं स्थानको हंगेरिको पनि ८ स्वर्ण, ३ रजत, ४ कास्यसहित १५ पदक छ । १३ औं स्थानको स्पेनले ७ स्वर्ण, ३ रजत र ४ कास्यका साथ १४ पदक जितेको छ । ब्राजिलले ६ स्वर्ण, ६ रजत र ६  कास्य गरी १८ पदक जित्दै १४ औ स्थान ओगटेको छ । त्यस्तै १५ औं स्थानमा रहेको जमैकाले ६ स्वर्ण, ३ रजत र २ कास्य सहित ११ पदक जितेको छ ।
हालसम्म क्यानडा, सर्बिया, काजकिस्तान, ताजेकिस्तान, बेल्जियम, थाइल्याण्ड, स्विजरल्याण्ड, इरान,बहामस, बहराइन, स्विडेन, डेनमार्क, चाइनिज ताइपेइ र भियतनामले स्वर्ण पदक जितिसकेका छन् ।
त्यस्तै अर्जेन्टिना, कोशोभो, ब्राजिल, सिंगापुर, चेक रिपब्लिक, जमैका, इथोपिया, पिर्टो रिको, फिजी, कोलम्बिया, रोमानिया, पोल्यान्ड, अर्मेनिया, बेलारुस, उत्तर कोरिया, ग्रिस, स्लोभेनिया, केन्या, क्युबा र भियतनामले पनि स्वर्ण पदक जितिसकेका छन् ।

Bhansar Bivag
Argakhachi Cement