६४ औ राष्ट्रिय क्षयरोग दिवस मनाईयो
काठमाण्डौ । क्षयरोग जो कसैलाई हुन सक्छ, हामी संगठित र सचेत भयौ भने नियन्त्रण गर्न सकिन्छ ।” भन्ने मुल नाराका नेपाल क्षयरोग निवारण संस्था, कालिमाटीले आयोजना गरेको कार्यक्रमा महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यले क्षयरोग न्युनिकरणको लागि विभिन्न संघ संस्थाहरु लागि परेको हुनाले क्षयरोग विरुद्धको कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था निरन्तर रुपमा अगाडी बढीरहेकोमा बताए ।
उनले काठमाण्डौं महानगरपालिकाले पनि विभिन्न संघ संस्थाहरु सँग सहकार्य गरेर समय समयमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहेको मेयर शाक्यले बताए । उनले थपे क्षयरोग जेष्ठ नागरिक र कसैलाई लागेको सुनेमा घर घरमा पुगि निःशुल्क उपचार र औषधी समेत वितरण गर्ने गरेको बताए ।
नेपाल क्षयरोग निवारण संस्था अध्यक्ष देवेन्द्र बहादुर प्रधानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै क्षयरोग एवं टि.बी भनेको माइक्रो ब्याक्टेरियम ट्युबरक्युलोसिस नामको शुक्ष्म जिवाणुबाट लाग्ने बताए ।
क्षयरोगको किटाणु सन् १९८२ मार्च २४ गते जर्मन वैज्ञानिक डा. रोवर्ट ककले पत्ता लगाएका हुन् । यो रोगको कारण प्रत्येक वर्ष १००० को हाराहारीमा मानिसहरुले ज्यान गुमाइरहेका छन् भने वार्षिक ४४ हजार भन्दा बढी बिरामीहरु बढीरहेको बताए । समयमै यस रोगको उपचार गरी नियमित र पुरा समय प्रत्यक्ष निगरानीमा उपचार गरी नियमित रुपमा औंषधी सेवन गरेमा यो रोग निको हुने समेत अध्यक्षले बताए ।
सोही अवसरमा काठमाण्डौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यको बाहुलीबाट गत मंसिर ११ गते नेपाल क्षयरोग निवारण संस्था तथा काठमाण्डौं ईन्जिनियरिङ्ग कलेजको युथ रेडक्रस सर्कलद्धारा संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्ने के.ई. सी. युथ रेडक्रस सर्कललाई प्रशंसा पत्र वितरण गरेका थिए । क्षयरोगसँग सड्क नाटक, निबन्ध र वक्तृत्वकला प्रतियोगितामा सहभागी र उत्कृष्ट विद्यालयका शिक्षक एवं विद्यार्थीहरुलार्ई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरे । महानगरपालिका वडा नं.१३ र १४ की महिला स्वास्थ्य स्वयंसेविका सविना श्रेष्ठ र शर्मिला सापकोटालाई कदर पत्र सहित नगद पुरस्कारले सम्मान गरे ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदार नरसिह केसी, जिल्ला समन्वय समिति काठमाण्डौंका प्रमुख, शिब सुन्दर बैध, स्वास्थय सेवा बिभागका महानिर्देशक डा. राजेन्द्र प्रसाद पन्तले क्षयरोग सम्बन्धी जनचेतना फैलाउनु पर्ने आवश्यकता रहेको बताए । अस्पतालका वरिष्ठ डा. भावना श्रेष्ठले क्षयरोग भन्नाले श्वासप्रश्वासको माध्यमबाट लाग्ने रोग भएकोले यसलाई जटिल रुपमा लिइने गरेको र यसलाई व्यक्तिगत नभै राष्ट्रिय समस्याको रुपमा लिने गरेको र यसको नियन्त्रणको लागि एक्लैले मात्र नसकिने हुनाले सबै संघ संस्थाहरुले एकआपसमा हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिईन् ।
प्रत्येक बर्ष वार्षिक ४० हजार नयाँ बिरामीहरु देखिने गरेको तथ्याङ्कले देखाएपनि त्यो भन्दा बढी बिरामीहरु प्रत्यक्ष सम्पर्कमा नआएको बताँउदै क्षयरोग सर्ने र नसर्ने २ प्रकारको रहेकोमा फोक्सोको क्षयरोग ८५ प्रतिशत सर्ने खालको हुन्छ भने बाँकी १५ प्रतिशत क्षयरोग चाँही नसर्ने खालको रहेको बताईन । उनले ७५ जिल्लामै निःशुल्क रुपमा उपचार र औषधी समेत स्वास्थ्य चौकी तथा ड्स क्लिनिकमा पाइने जानकारी दिईन्
डा.चन्दन रमन सरकारले जुन रुपमा लिनुपर्ने हो त्यो रुपमा लिएको पाँईदैन क्षयरोगको मुख्य लक्षण भनेको बिरामीलाई दुई हप्ता वा त्यसभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु ,साँझपख हल्का ज्वरो आउनु, तौल घट्नु, खान मन नलाग्नु, छाती दुख्ने एक्सरे गर्दा दाग देखिनु, खकारमा रगत देखा परे तुरुन्त अस्पताल जान सुझाव दिए । सो अवसरमा अस्पतालमा उपचारार्थ बिरामीहरुलाई फलफुल एवं कम्बल वितरण गरिएको थियो ।