‘अहिलेका मानिसलाई आध्यात्मिक उपचारको आवश्यकता’

प्रकासित मिति: १३ चैत्र २०७३, आईतवार १५:५९

सुनसरी । सुनसरीको इटहरीमा दुईदिने एचटीएम लिडर स्कुल सम्बन्धी सेमिनार आईतबार सम्पन्न भएको छ । कोरिया स्थित सन मुन विश्वविद्यालयका इमेरिटस प्रोफेसर, प्रो. डा. गिल योङ्ग ह्वानको प्रशिक्षणमा संचालन भएको दुईदिने सेमिनारमा पुर्वाञ्चल क्षेत्रका ६० जना व्यक्तित्वहरू र परिवारहरूको सहभागिता रहेको थियो । सेमिनारमा प्रोफेसर गिलले सामाजिक पूनर्संरचनामा ३० बर्ष भन्दा लामो समय लगाएर अनुसन्धानगरि तयार गरेको अन्तरकोषीय संजालको महत्व, उद्देश्य र विधिका बारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनको कार्यपत्रमा पारिवारिक विखण्डन, सभ्यताको पतन, यौन दूरुपयोग, मूल्यमान्यताको ह्रासका कारण संसारका मानिसमा ठुलो निराशा पैदा भएको छ । मानवीय सम्बन्धका आधारशिलाहरू बिग्रँदो अवस्थामा रहेकाले आजको मानिसलाई मानसिक र आध्यात्मिक उपचारको आवश्यकता पर्दछ । मानिसमा अहिले धेरै विकारहरू भरिएका छन् । आफू भित्र भएका बिकारहरू नदेख्ने र अरुमा भएका बिकारहरू देख्ने भएकाले सम्बन्ध टिकाउ हुन नसकेको हो र अब यसलाई पुनर्संरचना गर्न र स्वस्थ बनाउनका लागि हिलिङ्गको जरुरी छ, गीलको भनाई थियो ।
“संसार एक घर र संसारका मानिसहरू एक परिवार”, अरुका लागी बाँच्ने संस्कार, साँचो प्रेममा केन्द्रित व्यक्ती, परिवार, समाज र राष्ट्र निर्माणको उद्घोष सहित सुरु भएको आदर्श परिवार अभियानलाई कसरी समाजमा सेटलमेण्ट गर्ने भन्ने विधिको रुपमा प्रोफेसर गिलले सन मुन विश्वविद्यालयमा सोध गरेका थिए । त्यसैलाई होम गुप मार्फत अगाडी बढाउन सकिने निष्कर्ष सहित उनले एचटीएम लिडर स्कुललाई पद्धतिको रूपमा विकास गरेका थिए ।
कार्यक्रममा मानवजातिका अन्तिम उद्देश्य भनेको सच्चा पितामाता, सच्चा शिक्षक र सच्चा मालिक बन्नु हो भन्ने दर्शनलाई परिचित गराइएको थियो । सच्चा पितामाता भनेको शिक्षा दिने मात्र होइन कि जीवनशैली मार्फत पथप्रदर्शन गर्ने व्यक्ति सच्चा पितामाता हो । सबै व्यक्ती आफूलाई माथी उठाउन चहान्छ । तर त्यो कसरी सम्भव हुन्छ त ? हरेक तह र तप्काहरूको समुचित विकासका लागि सबैमा जिम्मेवारी हुनुपर्दछ । माथिको मुख ताक्ने प्रवृतिले कसैको भलाई गर्दैन र त्यसमा जिम्मेवारी र जवाफदेहीताको पनि अभाव हुन्छ ।
कार्यक्रममा विश्व शान्ती तथा एकीकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले यस किसिमको राष्ट्रिय स्तरको कार्यशाला पूर्वान्चलमा संचालन हुनु गौरवको कुरा भएको भन्दै सवैजनाले लक्ष्यमा पुग्न मेहनत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“सम्बन्धहरू स्वस्थ भएमात्र समाज शीघ्र रुपान्तरण हुन्छ, त्यसका लागि सबै जिम्मेवार भएर अघि बढ्नुपर्छ” ।
प्रस्तुति ः काशीनाथ खनाल

Bhansar Bivag
Argakhachi Cement