आचार संहिताभित्र मन्त्रीपरिषद बिस्तार गर्न मिल्दैन: आयोग

प्रकासित मिति: २६ भाद्र २०७४, सोमबार ०२:४५

प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौ पटक मन्त्रीपरिषद बिस्तार गर्न लागिरहेका बेला निर्वाचन आयोगले असहमति जनाएको छ । देउवाले संसदीय इतिहाँसमा जम्वो मन्त्रिपरिषदको अर्काे रेकर्ड कायम गर्न लागिरहेका बेला निर्वाचन आयोगले आपत्ति जनाएको हो ।

निर्वाचन आचारसंहिता लागु भइरहेको बेला मन्त्रीपरिषद विस्तार गर्न नमिल्ने जिकिर आयुक्तहरुले गरेका छन् । आइवार प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिका तीन मन्त्री र एक राज्यमन्त्रीको नाम राष्टपति कार्यालय सितल निवास पठाएका छन् ।

यसले निर्वाचनमा असर गर्दछ, प्रधानमन्त्रीज्यूले आचारसंहिताभित्र मन्त्रीपरिषद बिस्तार गर्न मिल्दैन, एक आयुक्तले भने तत्काल हामी प्रधानमन्त्रज्यूको ध्यानआकर्षण गराउँछौ । देउवाले सोमवार दीपक बोहरालाई बिज्ञान, बिक्रम पाण्डे वन, सुनीलबहादुर थापालाई उद्योगमन्त्री बनाउने तयारी गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement