आज पत्रकार महासंघ ६३ औं स्थापना दिवस

प्रकासित मिति: १६ चैत्र २०७४, शुक्रबार ०३:५७

पूर्व अध्यक्षहरुलाई सम्मान

१६ चैत, काठमाडौं । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६३ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा महासंघले देशभर विभिन्न कार्यक्रम गर्दैछ ।

स्थापना दिवसको अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना व्यक्त गरेका छन् ।
‘नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति महासंघ गर्व महसुस गर्दछ,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न लागिरहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्नु पर्नेमा आचार्यको जोड छ ।

यसैबीच, महासंघले स्थापना दिवसको अवसरमा महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गर्दैछ । सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा पूर्वअध्यक्षहरुलाई सम्मान गर्न लागिएको हो । महासंघले दउँसो २ः०० बजेदेखि ५०० बजेसम्म चियापान कार्यक्रमको समेत आयोजना महासंघका केन्द्रीय सदस्य गोपाल बराईलीले जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement