आज मतदान हुँदै, आठ जिल्लाका १३६ स्थानीय तहका प्रतिनिधि चुनिँदै

प्रकासित मिति: २ आश्विन २०७४, सोमबार ०१:०२

स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लमा अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ।

आज १३६ स्थानीय तहका लागि मतदान हुँदैछ।

यो प्रदेशमा एक महानगर र दुई उपमहानगर रहेका छन्।  पर्सामा  वीरगन्ज महानगरपालिका रहेको छ भने जनकपुर र कलैया–जितपुर उपमहानगरपालिका हुन्। यसबाहेक ७३ नगरपालिका, ५९ गाउँपालिका र १ हजार २ सय वडामा जनप्रतिनिधि चुनिँदैछन्। कूल ६ हजार ६२७ पदका लागि ३६ हजार ९९३ जना उम्मेदवार चुनावमा भिड्दै छन्।

सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषा आठ जिल्लामा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन्। प्रदेशभर ३ हजार ५ सय ७७ मतदान केन्द्र छन्।  सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ६० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ।

Bhansar Bivag
Argakhachi Cement