आठ वर्षदेखि न्याय खोज्दै जोगबहादुर

प्रकासित मिति: १४ भाद्र २०७३, मंगलवार १६:२३

काठमाडौं । कलुवापुर –५, कन्चनपुरकी जोगराज भट्ट यतिवेला नयाँ बसपार्कमा दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । उनी श्रीमतीको न्यायको निम्ति हिड्दा हिद्दै बेखर्ची भएपछि पेट पाल्न ज्यालादारीमा काम गर्न बाध्य भएका हुन् ।
हिरादेवी भट्ट २०६५ सालमा १८ महिना साउदीको कालो कोठीमा बसे फर्किएकी थिइन् । तर, उनले त्यसबेला पाएको यातनाले उनको मन अझै पोलिरहेको छ । उनी र उनका श्रीमान जोगराज भट्ट न्याय पाउन विभिन्न निकाय धाउन थालेको पनि वर्षाै भइसक्यो तर उनीहरुले न्याय पाउन सकेका छैनन् । न्यायको खोजी गर्दै गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, महिला आयोग, माईती नेपाललगायतका संघ÷संस्था निरन्तर धाइरहेका छन् ।
जोगराजले आफ्नो श्रीमतिलाई साउदी लगेर बेच्ने मानव तस्करलाई कानुनी दायरामा ल्याउन विभिन्न निकाय धाउन थालेको वर्षाै भइसक्यो । लामो समय काठमाडौंमा बसेर न्याय खोज्दाखोज्दै उनी बेखर्ची नै बने । त्यही भएर उनी १ महिनादेखि नयाँ बसपार्कमा लेवर काम गर्न थालेका छन् । ‘मुद्या लड्दै खर्च सकियो, म के गरौं त हजुर ?’ उनले भने, ‘म लेवर काम गरेर भए पनि मेरो श्रीमतिलाई नर्कमा पु¥याउनेलाई कानसनी दायरामा ल्याएरै छाड्छु ।’
यसरी पुगिन् साउदी
आर्थिक विपन्नताका कारण राम्रो पैसा कमाउन दलालको प्रलोभनमा परेर अधिकांश महिला बिदेसिने गरेका छन् । कतिपयले राम्रै काम पाउँछन् भने कतिपयलाई एउटा काम भनि अर्को काममा पठाउने कुरा त अहिले सामान्य नै बनेको छ । कतिपय घरेलु हिंसाको शिकारसमेत हुने गरेका छन् । त्यो हिंसा उनीहरुको लागि जीवनभरको लागि नबिर्सने चोट बन्ने गरेको छ । यस्तै चोट बनेको छ हिरादेवीका लागि ।
भट्ट दम्पतीको सानो परिवार थियो । आर्थिक अवस्था त्यति राम्रो त थिएन । तर, पारिवारिक जीवन भने सुखमय नै थियो । उनका आफनतले पनि विदेश गए पैसा कमाई हुन्छ भनेर उक्साए । उनी पासपोर्ट बनाएर विदेश जान राजी भइन् । उनलाई २०६५ मा टंकप्रसाद जोशीले राम्रो काम दिलाइदिने बहानामा साउदी पु¥याइदिए । फकाइफुल्याइ गरेर विदेश पठाएका थिए ।
विदेश गएर पैसा कमाउने र परिवार पाल्ने आसले उनी वर्षको छोरालाई छोडेर साउदी गएकी थिइन् । तर, साउदी पुगेपछि उनका सबै सपना चकनाचुर भए । उनी साउदी पुगेपछि आफु बेचिएको थाहा पाइन् । त्यसबेला उनी छागाबाट खसेझै भइन् । जोशीले हिरादेवीलाई ३ महिनाको भिजिट भिषामा साउदी अरब पु¥याएका रहेछन् । साउदी अरबको एक व्यक्तिले उनलाई साउदी १२ हजार रियाल (दुई लाख ४० हजार रुपैया) तिरेर घरेलु कामदारका रुपमा लगेको थियो ।
‘मलाई तातो तेल खनाईदिन्थे, कुटपिट गर्थे’ हिरादेवीले भनिन्, ‘उनीहरुले भनेको नमान्दा जे पनि हुन्थ्यो, जवरजस्ती नराम्रो काममा समेत लगाइथ्यो ।’ साउदी गएका दिनदेखि उनी परिवारको सम्पर्क बाहिर भईन् । ‘मलाई घरमा कसैलाई सम्पर्क गर्न दिएनन्’ उनले भनिन्, ‘घरमाफोन गर्छु भन्दा तलाई किनेर ल्याएको भन्थे, म धुरुधुरु रुदै बस्थे ।’
जोगराजका दुःख
जोगराजले साउदीमा आफ्नी श्रीमती बेचविखनमा परेको थाहा पाएपछि जोगराजले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिए । भारतको बम्बईको नागवाडा प्रहरी चौकीमा पनि मुद्दा दर्ता गराए । बल्लबल्ल हिरादेवीलाई साउदी अरब पु¥याउने म्यानपावर सागर इन्टरप्राइजेजका सञ्चालक हसन मियाँ र म्यानेजिङ डाइरेक्टर सुनील भनिने टंकप्रसाद जोशी पक्राउ परेपछि १६ महिनामा हिरादेवीलाई साउदीबाट फर्काएका थिए ।
श्रीमती साउदी अरब बेचिएको पनि ८ वर्ष बितिसकेको छ । उनि श्रीमती बेचविखन भएको भन्दै न्याय माग्दै चारैतिर धाइरहेछन् । जिल्ला अदालत कैलालीमा न्यायाधीश विष्णु सुवेदीले सुनील भन्ने टंकप्रसाद जोशी, नन्दराम जोशी, गणेश पडाल, पार्वती पडाल, केशव पडाल गरी पाँच जनाविरुद्ध मुद्दा चलाएको भए पनि टंकप्रसाद जोशी, गणेश पडाल र पार्वती पडाललाई तीन वर्ष जेल सजाय सुनाएको थियो । तर उनीहरु जमानतमा रिहा भइसकेका छन् ।
उनले बेचविखन गर्ने दलाललाई थप कारवाहीका लागि पुनरावेदन अदालत दिपायलमा मुद्दा दायर गरेको एक वर्ष मै फैसला भयो । तर, उनले न्यायलयबाट पनि न्याय पाउन सकेनन् । अहिले रातदिन नभनी वैदेशिक रोजगार विभाग, महिला आयोग, जिल्ला प्रशासन कार्यालय कैलालीलगायतले पटक–पटक पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन । जोगराजले कैलालीका तीन जना प्रहरी विरुद्ध आफ्नो श्रमिति बेचविखन भएको प्रमाण लुकाएको आरोपमा २२ साउनमा अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement