१ मंसिर, इटहरी । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले नागरिक समाज निस्पक्ष हुनुपर्ने बताउनु भयको छ । सुनसरीको इटहरीमा जिल्ला शान्ति परिषद द्वारा आयोजित अन्तरक्रिया कार्यक्रमममा बोल्दै ढकालले स्थानीय क्षेत्रमा शान्तिको लागि आपसी सदभाब र मेलमिलाप अपरिहार्य रहेको उल्लेख गर्नु भयो । ढकालले समाजका सबै नागरिक सुरक्षित र आत्मसम्मानका साथ् बाच्न सक्ने वाताबरण सृजना गर्ने साझा दायित्व सरकार, स्थानीय जनप्रतिनिधिहरु तथा नागरिक अगुवाहरुको भयको बताउनु भयो । शान्ति परिषद्का जिल्ला अध्यक्ष बिक्रम श्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजिबी, समाजसेबी लगायतको उपस्थिति रहेको थियो ।