निर्वाचन आयोगले नेकपा एमाले सहित ५ वटा पत्रिकालार्इ स्पष्टीकरण सोधेको छ। २१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाका लागि भोट माग्दै पत्रपत्रिकामा विज्ञापन छापेपछि निर्वाचन आयोगले एमाले सहित विज्ञापन छाप्ने ५ वटा पत्रिकालार्इ स्पष्टीकरण सोधेको हो।
विज्ञापन छाप्नु आचार संहिता विपरित भएको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण दिन भनेको छ।