आसन्न निर्बाचनमा एजेन्डा मिल्ने दलसंग परिवार दलले सहकार्य गर्ने

प्रकासित मिति: ८ आश्विन २०७४, आईतवार १२:२९

काठमाण्डौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलको अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा आईतबार पार्टीको केन्द्रीय कार्यालय पुरानोबानेश्वरमासम्पन्न भएको छ । बैठकमा बोल्दै अध्यक्ष ढकालले सबल राष्ट्रियता र दिगो समाबेशी विकास अहिलेको आबस्यकता रहेको भन्दै परिणाममुखी काम गर्न अन्य दलहरुसंग सहकार्य गर्न सकिने बताए ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा प्रस्तावित उम्मेदवारको नाम असोज २० गते भित्र केन्द्रमा पेश गर्न सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । आसन्न प्रतिनिधि सभाको निर्बाचन र प्रदेश सभाको निर्बाचनमा एजेन्डा मिल्ने दलहरुसंग सहकार्य गरि अघि बढ्ने निर्णय गरेको दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए । बैठकले आबस्यकता अनुसार सहकार्यको लागि विभिन्न दलहरुसंग छलफल गरि राष्ट्रिय हित र पार्टीको हितलाई केन्द्रमा राखी उपयुक्त निर्णय गर्न दलका अध्यक्षलाई अधिकार दिने निर्णय गरेको प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए ।
बैठकले नेपालको संविधानको मर्म अनुसार सबै तहमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्बाचन प्रणाली र प्रत्यक्ष निर्बा्चित कार्यकारी प्रमुख रहने गरि संबैधानिक ब्यबस्था गर्नु उपयुक्त हुने निर्णय समेत गरेको छ। बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा नेपाल परिवार दलका उम्मेदवारहरुको मनोनोयनको औपचारिक पत्रमा महामन्त्री बिनोद डाँगीको हस्ताक्षर हुने निर्णय समेत गरेको छ । बैठकले नेपालीहरुको महान पर्ब बिजय दशमी २०७४ को पावन अबसरमा सबैमा सुख, शान्ति र सम्मृद्धिको सुभकामना समेत ब्यक्त गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement