इजरायल आक्रमणको परिवार दलद्वारा निन्दा, नेपालीको जिउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण

प्रकासित मिति: २२ आश्विन २०८०, सोमबार ०४:००

काठमाडौ । इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी लडाकु समूह हमासले आक्रमण गरे पश्चात भयानक स्थिति सृजना भएको प्रति नेपाल परिवार दलको गम्भीर ध्यानाकर्षण भएको छ। परिवार दलका अध्यक्ष एकनाथ ढकालले सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानकर्षण गराएका हुन् । युद्धले कसैको पनि भलो गर्दैन। हरेक बिबादको समाधानको उत्कृस्ट पद्दति शान्तिपूर्ण बार्ता र संवाद नै हो भन्ने कुरा उल्लेख गरेका छन् ।
इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् । उक्त आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि नेपाली दुताबासले गरि सकेको छ । ६ जना नेपाली घाइते भएको समाचार छ । नेपाल परिवार दल यो दुखद आक्रमणको घोर निन्दा गर्दछ। दुखको यस घडीमा हामि इजरायलि जनताको साथमा छौँ। यस दुखद आक्रमणमा परि ज्यान गुमाउने सम्पूर्ण नेपालीको चिरशान्तिको कामना गर्दै मृतकहरुको शब् नेपाल ल्याउन सरकारले तुरुन्त पहल गरोस, घाइतेहरुको उचित उपचार होस् र अझै बन्धकमा रहेका तथा सम्पर्कमा नरहेका नेपालीको उद्धार र खोज गर्ने काम युद्ध स्तरमा गर्न नेपाल सरकारले इजरायली सरकार संग आग्रह गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं।
साथै इजरायलमा रहेका ४५०० भन्दा बढी नेपालीहरुको जिउधनको सुरक्षा गर्न पनि सरकारले पहल गरोस। उच्च स्तरमा तुरुन्त संवाद गरि नेपालीहरुलाई सुरक्षित आफ्नो देश फर्कने वाताबरण सुजन गर्न पनि हामी नेपाल सरकारलाइ आग्रह गर्दछौ । इजरायलमा रहनु भयका नेपालीहरुले परराष्ट्र मन्त्रालय र नेपाली दुताबासले उपलब्ध गराएको सम्पर्कमा जोडिन तथा इजरायली सरकारले जारि गरेको सुरक्षा निर्देशनको पालना गर्न पनि आग्रह गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement