हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षणबारे युरोपियन युनियन (इयू) द्वारा जारी प्रतिवेदनप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ ।
काउन्सिलको गठन विधि, कार्यक्षेत्र, भूमिका र प्रभाव क्षेत्रको वस्तुगत विश्लेषण र तथ्यपरक जानकारी नै नराखी एकदमै सतही रुपमा टिप्पणी गरेको भन्दै काउन्सिलले दुःख व्यक्त गरेको छ ।
“काउन्सिलकै सन्दर्भमा कतिपय गलत, भ्रामक र आधारहीन किटानी गरिएको तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै वर्ग, तहतप्काका जनसमुदायको भर्खर सम्पन्न आमनिर्वाचनमा उत्साहजनक सहभागिता रहेको परिप्रेक्ष्यमा युरोपियन युनियनको प्रतिवेदनले आफैँमा विश्वसनीयताको संकट पैदा गरेको छ”–काउन्सिलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।