इरानमा विमान दुर्घटना, ६६ को मृत्यु

प्रकासित मिति: ६ फाल्गुन २०७४, आईतवार ०९:३४

इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ।६६ जना यात्रु सवार सो विमान दक्षिणी इरानको सेमीरोम प्रान्तको हिमालमा दुर्घटना भएको ‘तेहरान टाइम्स्’ले  जनाएको छ। दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु भएको समाचारमा जनाइएको छ।

एटीअार-७२ कल साइन भएको विमान राजधानी तेहरानबाट दक्षिणी शहर यासुजका लागि उडेको थियो।

Bhansar Bivag
Argakhachi Cement