ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ सम्पन्न

प्रकासित मिति: ३ चैत्र २०७५, आईतवार १२:४०

काठमाडौँ- चैत ३, राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ सम्पन्न भएको छ ।नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित अलेक्जेन्ड्रियाको शेराटन होटेलमा मार्च १६ तारिखमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम माझ विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा संलग्न रहि पृथक ढंगले अतुलनीय योगदान पुर्याउदै आएका अग्रज नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो।नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गरेको अवार्ड कार्यक्रमा ईजिप्टमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागिता रहेको थियो ।

ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईजिप्टका चलचित्र निर्देशक मोहम्मद अलि र ईजिप्टका वरिष्ठ संचारकर्मी डालिय हसन विशेष अतिथिको रुपमा रहेका थिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताको साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको मोडल सङ्ग्स नेपालको आयोजना रहेको ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न १५ वटा अलग अलग विधाबाट पुरस्कृत गरिएको आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिए ।

‘एम एस एन एक्सीलेन्स अवार्ड’ बाट सम्मानित हुनेहरुमा इन्फ्लुन्सियल कम्युनिकेशन तर्फ सरोज ओझा, क्राईसिस कम्युनिकेशनतर्फ ईश्वर दया पाण्डे एबम राजन प्रसाई, चेन्ज कम्युनिकेशनतर्फ किरण खनाल, युवा व्यवसायीतर्फ पोखराका राजेन्द्र गौतम, शिक्षातर्फ नारायण रेग्मी, गायनतर्फ दिनेश गौतम, संगीततर्फ रेखा पौडेल रहेका छन ।
त्यस्तै चलचित्र निर्देशक विकाश वस्याल, आर्टिस्ट/संचारकर्मी/ईभेन्ट डाईरेक्टर राज लुइँटेल, मोडल शिला मल्ल, नायक तथा समाजसेवी दिपक डोटेल, फेशन डिजाईनर तृष्णा गुरुङ्ग, आर्जे/भिजे समिर लामा, गुरुङ भाषाको चलचित्रकी नायिका मन्जु गुरुङ्ग, नायिका पूर्णिमा लामा लगायतलाई आ-आफ्नो क्षेत्रमा रहेर पृथक योगदान दिएको भन्दै ‘एम एस एन एक्सीलेन्स अवार्ड’ प्रदान गरिएको थियो ।

राजधानी लगायत मोफसलमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता सम्पन्न गरि चर्चा बटुल्न सफल मोडल सङ्ग्स नेपालले केही महिना अघि युएईमा “मोडल सङ्ग्स अवार्ड २०१८ दुवई” को भव्य समापन पश्चात ईजिप्टमा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९” को आयोजना गरेको हो । लामो समयदेखि आ-आफ्नो क्षेत्रमा लागि पर्दै पृथक योगदान पुर्याउदै आएका व्यक्तित्वहरुको योगदानको कदर गर्दै उनीहरुलाई प्रोत्साहन साथै हौसला प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक राजपुतले बताए ।

उक्त अवार्ड कार्यक्रमको जुरी मेम्वरको रुपमा एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने, एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का रहेका थिए ।

‘नेपालबाट दुई दर्जनभन्दा बढी संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुको सहभागीतामा हामीले दुवईमा मोडल सङ्गस अवार्ड भव्य रुपमा सम्पन्न गरेका छौं,’ मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले बताए ।

Bhansar Bivag
Argakhachi Cement