उत्कृष्ट पृथ्वीनारायण क्याम्पसमा बेथिति

प्रकासित मिति: १९ माघ २०७५, शनिबार १३:३८

दिपेन्द्र पौडेल

पृथ्वीनारायण क्याम्पस, पोखरा

यसै बर्ष उत्कृष्ट क्याम्पसको सम्मान प्राप्त गरेको यस पृथ्वीनारायण क्याम्पस विद्यार्थी सङ्ख्याका दृष्टीले देशकै पहिले ठूलो क्याम्पसका रुपमा परिचित छ । पोखरा महानगरपालिका वडा न. १ भीमकालीपाटनमा अबस्थित यस पृथ्वीनारायण क्याम्पस आफनो लालपुर्जामा आउन बाँकी २५० ९प्रा.डा. दिलबहादुर क्षेत्रीको पृथ्वीनारायण क्याम्पसमा अनुसन्धान एवं प्रकाशनसम्बन्धी गतिविधिहरुको सिंहावलोकन नामक लेखका आधारमा० र लालपुर्जामा रहेको ४९८ गरी कुल ७४८ रोपनीमा फैलिएको छ । पृथ्वीनारायण क्याम्पसको स्वर्ण जयन्तीको अवसरमा ूपृथ्वीनारायण क्याम्पस हिजो, आज र भोलिू विषयक गोष्ठीमा (२०१६) प्रस्तुत भएको कार्यपत्ररलेखको पृथ्वीनारायण क्याम्पसको सङक्षित्त विवरण अनुसार करिब १८००० कुल विद्यार्थी सङ्ख्या, अध्यापन हुने अनुमानित पाठयक्रमहरु

(कोर्षहरु) ५०० भन्दा बढी, विषयगत विभागहरु २८, ५६१ शिक्षक तथा १३१ प्रशासन तर्फ गरी कुल ६९२ कर्मचारीहरु कायरत यस क्याम्पसको पुस्तकालय २०३३र०७र१८ गते बाट क्षेत्रीय पुस्तकालयका रुपमा स्थिापित भएको हो । क्षेत्रीय स्तरको पुस्तकालयमा हाल क्याम्पसमा रहेका सम्पूर्ण विद्यार्थीलाई पुग्ने नयाँ पाठयक्रमहरु, कोर्षहरु प्रयप्त छैनन्, प्रत्येक बर्ष बजेट आउँछ तर पुस्तक थपिदैन्न ।

क्याम्पसमा रहेका ५६१ शिक्षकमध्ये केही शिक्षकहरु यस्ता पनि छन् शिक्षण जस्तो पेशालाई व्यापाररव्यवसाय बनाइरहेका छन् । पाठयक्रममा रहेका कोषहरु आलटाल गरी समयमा नसक्ने र अन्तिम समयमा आएर कोचिन्ङ् , टियूसन सेन्टरमा आउन आग्रह गर्छन् भने कोही समयमा कक्षामा कहिल्यै नआउने ४५ मिनेटको एउटा पिरियडमा १०र१५ मिनेट ढिलो आउने र शिक्षकलाई मनलागे १ घन्टा पनि पढाउने, मन नलागे कक्षाकोठमा प्रबेश गरेको १०र१५ मिनेटमा नै छोडदिने कहिले क्याम्पसमा हाजिर गर्न आउने र विद्यार्थीहरुलाई आज मेरो काम छ पढाइ हुदैन भनेर जाने । एक हप्तामा ३र४ दिन भन्दा नपढाउने । यो लापरबाही व्यवस्थापनमा रहनु भएका क्याम्पस प्रमुख तथा अन्य व्यवस्थापन समितिका पदाधिकारीलाई थाहा छ कि छैनरु साथै क्याम्पस प्रमुख, विभाग प्रमुखले शिक्षकको कक्षा विषय बाँडफाँड गर्र्दा विद्यार्थीलाई मारमा पर्ने गरी बाँडफाँड गरिएको जस्तो देखियो । शिक्षकहरुको कमीका कारण देखाँउदै अङ्गेजी माध्यामबाट पढाइ हुने कक्षामा नेपाली माध्यमको शिक्षक राख्दा विद्यार्थीहरुले शिक्षकको कमिकमजोरी विभाग प्रमुखलाई जानकारी गराउँदा विभाग प्रमुखले व्यवस्था गर्ने । यो पुस, माघको जाडोमा विद्यार्थीहरु सिसा नभएका कक्षा कोठमा जाडोले काम्दै पढिरहदा यस क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्ष, विभागका शिक्षकहरुको कार्यकक्ष लगायत पुस्तकालय भने हिटरले तातिरहेको हुन्छ, यो कहाँ सम्मको न्याय हो ।

काही नभाको जात्रा हाडी गाउँमा भने जस्तै बिहानी सत्रका विद्यार्थीहरुलाई मात्र ६ बजेदेखि ७ बजेसम्म मात्र विद्यार्थीको पोशाक चेक गरिन्छ । क्याम्पस पोशाकलाई बढी महत्व नदिई पढाईको विषय बस्तुलाई बढी जोड दिनु राम्रो हुन्थ्यो तर त्यो हुन सकेको छैन । यी र यस्ता विषयबस्तुमा क्याम्पस व्यवस्थापन समिति तथा क्याम्पस प्रमुखको ध्यान जान नसकेको हो की ?

Bhansar Bivag
Argakhachi Cement